
काठमाडौं । नेपालको नजसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।
यस्तै २०७८ को जनागणना अनुसार प्रदेशको जनसंख्या तथ्याङक पनि सार्वजनिक भएको छ ।
प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमती प्रदेशमा ६० लाख ८४ हजार ०४२, गण्डकी प्रदेशमा २४ लाख ७९ हजार ७४५ , लुम्बिनी प्रदेशमा ५१ लाख २४ हजार २२५, कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २७० रहेको विभागले जनाएको छ ।
