मुक्तिनाथ बैंकले ल्यायो ‘सर्वोत्कृष्ट बचत खाता’

१० माघ २०७८, सोमबार १७:२५

मुक्तिनाथ विकास ब्यांकले निक्षेपकर्तालाई सर्वाधिक ब्याजदर प्रदान गर्ने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ।

ब्यांकले ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो। यसमा रु.१० हजार न्यूनतम मौजदातमा वार्षिक ७.३५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी गर्ने जनाइएको छ।

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गलाई अत्यन्त फाइदा पुग्ने ब्यांकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए।

यससँगै ब्यांकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न देशभरका सबै भिसा नेटवर्कमा आबद्ध जुनसुकै ब्यांकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।