राजेशपायल राईले आफू विदेश गएपछि लोकगीत गाउन मन पराउने पनि खुलासा गरे

९ माघ २०७८, आईतवार १२:४९

काठमाडौं । चर्चित गायक राजेशपायल राईले संसारभरि छरिएर रहेका नेपालीहरुले आफूलाई मन पराउने बताएका छन् । उनले आफू विदेश गएपछि लोकगीत गाउन मन पराउने पनि खुलासा गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् ।
उनले देशले आवश्यक ठान्यो भने आफू राजनीतिमार्फत योगदान पुर्याउन तयार रहेको समेत सुनाए । उनले आफ्नो घरपरिवारका सदस्यहरु सबै पार्टीमा आवद्ध रहेको पनि जानकारी दिए ।

उनले आफू भने राजनीतिमा आउने सोचमा नरहेको जिकिर गरे । कुन पार्टीमा जाने ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले अहिले केही खुलासा गरेनन् । तर, देश विकास र जनताको भलो गर्नु नै राजनीति भएको सुनाए ।

साभार : Reportersnepal