ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी

९ माघ २०७८, आईतवार १२:०१

काठमाडौं । ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ।
उक्त मूर्ति गए राति चोरी भएको हो।

मूर्ति चोरी भएको घटना बिहानमात्रै थाहा भएको थियो।
मन्दिरका पूजारी पूजाआजाका लागि जाँदा मूर्ति नदेखेपछि चोरी भएको घटना बाहिरिएको थियो।

मन्दिरको मूर्ति चोरी भएको पूजारीले बताएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए।
ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले बालकुमारी मन्दिरको मूर्ति चोरी भएको जानकारी आएलगत्तै खोजी कार्य जारी राखिएको बताए।

‘दुई फिट अग्लो पित्तलको मूर्ति चोरी भएको जानकारी आएको छ। हामी खोजी कार्य गर्दैछौं,’ उनले भने।
यो मूर्ति करिब तीन सय वर्ष पुरानो भएको बताइरहेको छ।

साभार : सेतोपाटी