
काठमाडौं । नेकपा एमालेको आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । स्वास्थ्य प्रोटोकलका कारण पत्रकार सम्मेलन स्थगित गरिएको एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।
उनले भने, ‘स्वास्थ्य प्रोटोकलका कारण पत्रकार सम्मेलन स्थगित गरिएको हो, अध्यक्ष आउने भनेपछि दुई तीन सय मान्छे आइहाल्छन्, प्रोटोकलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने भनिएको छ, वक्तव्य आउँछ ।’ स्वास्थ्य प्रोटोकल उल्लंघन हुने देखेर पत्रकार सम्मेलन स्थगित गरिएको बुझिएको छ ।
