
काठमाडौं । स्थानीय तह, प्रतिनिधि सभाको चुनावलगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज धारणा सार्वजनिक गर्ने भएको छ ।
यसका लागि आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको ओलीको आरोप रहेको छ । उनका अनुसार चुनावका बारेमा सत्ताधारी दलबीच भइरहेका छलफल र एमालेलाई लगाइएका विभिन्न आरोपका बारेमा पनि अध्यक्ष ओलीले विचार राख्ने तयारी गरेका छन् ।
ओली निकट नेताहरूका अनुसार भने वक्तव्य मात्रै सार्वजनिक गर्ने तयारी पनि भएको छ ।
सत्ताधारी दलहरूबीच पहिले स्थानीय तह वा प्रतिनिधि सभा कुन चुनाव गर्ने भन्ने बारेमा सहमति भइसकेको छैन ।
एमालेले भने स्वार्थपूर्ण ढङ्गले चुनावको मिति पछाडी धकेल्न खोजिएको आरोप लगाउँदै आएको छ ।
