देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सरकारलाई सहयोग गर्न सबैलाई आग्रह

७ माघ २०७८, शुक्रबार १७:२०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

शुक्रबार अपरान्ह देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो आग्रह गरेका हुन् ।
त्यस्तै आफू सरकारको नेतृत्व गर्न आएदेखि देशको आर्थिक सामाजिक पुनरूत्थानमा महत्वपूर्ण भूमिका खेलेको समेत स्पष्ट पारेका छन् ।

गठबन्धनको सरकार बनेपछि प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रका नाममा माघ ७ गते शुक्रबार (आज) सम्बोधन गरेका हुन् ।
कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षा लगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गरेका थिए।