उपत्यकामा आज राती १२ः०० देखि जोरबिजोर प्रणाली लागु हुने कहिले सम्मको लागि ?

७ माघ २०७८, शुक्रबार १४:२९

काठमाडौं । काठमाडौं उपत्यकाभित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन‚ पत्रकारका सवारीसाधन‚ एम्बुलेसन्सलगायतलाई जोरबिजोर प्रणाली लागु नहुने भएको छ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। स्थानीय प्रशासनले उपत्यकामा कोभिड(१९ रोकथामका लागि शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागु हुने निर्णय गरेको छ।

सञ्चारकर्मीको हकमा सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्रको आधारमा सवारीसाधन चलाउन पाउने भएका छन्। यस्तै‚ औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ तरकारी‚ दुधजन्यवस्तु‚ग्यास‚ पानीलगायत अत्यावश्यक सवारीसाधनलाई जोरबिजोर प्रणाली लागु नहुने प्रजिअ शर्माले जानकारी दिइन्।

यस्तै‚ सरकारी साधन, कूटनैतिक नियोजनका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु हुने छैन।