पत्रकार विश्वकर्माको उपचारको क्रममा निधन

६ माघ २०७८, बिहीबार १५:५५

काठमाडौं । पत्रकार लाल बहादुर विश्वकर्मा (एलबी)को निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

परिवारले दिएको जानकारी अनुसार बिहीबार बिहान तीन बजे उपचारका क्रममा विश्वकर्माको निधन भएको हो ।
दुई साता अघिदेखि रुघा–ज्वरो आए पनि उनी घरमै आराम गरिरहेका थिए ।

अछामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् । समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माको निधनप्रति नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।