
सेयर बजारमा बुधबार करेक्सन आएको छ ।
ट्रेडरहरुमा नाफा बुक गर्ने सोच देखिंदा बजारमा करेक्सन आएको हो । यस दिन नेप्से सूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा अडिएको छ ।
६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । केही करेक्सनहरुका बाबजुत औसतरुपमा र दीर्घकालीन हिसाबले बजारको गति सकारात्मक र बुल ट्रेन्डमै रहने विश्लेषकहरुले बताएका छन् ।
बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य राम्रै बढेको छ । बुधबार बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ ।
सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भने बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।
यसैगरी शेयरमूल्य घट्ने कम्पनीहरुमा भने घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नत लगायतका कम्पनीहरु देखिएका छन् । यी कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
