प्रधानमन्त्री कप क्रिकेटमा आशिफ सर्वोत्कृष्ट खेलाडी चुनिए

५ माघ २०७८, बुधबार १४:४७

काठमाडौं । नेपाल एपिएफ क्लबका  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न प्रतियोगितामा आशिफ सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरे।

एपिएफलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आशिफले ६ खेल खेल्दै २ अर्धशतक सहित २२७ रन बनाएका थिए ।

नेपाल पुलिस क्लबका कुशल भुर्तेल प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए । भुर्तेलले ४ खेल खेल्दै १ अर्धशतकसहित १८२ रन बनाएका थिए ।

यस्तै उत्कृष्ट बलर लुम्बिनीका अनिल खरेल चुनिए । अनिलले ४ खेलमा १० विकेट लिएका थिए ।उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।