कामना सेवा विकास बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्यो

४ माघ २०७८, मंगलवार १८:२५

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

सार्वजनिक विवरण अनुसार दोस्रो त्रैमाससम्ममा बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो १२ प्रतिशतले ओरालो लागेका हो । गत आर्थिक वर्षको सोही अवधीमा ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ४१.५१ प्रतिशतले उकालो लागेर ४९ करोड ९ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधीमा बैंकले ३४ करोड ६९ लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
सार्वजनिक विवरण अनुसार बैंकको खुद व्याज आम्दानी भने ३१.६६ प्रतिशतले उकालो लागेको छ । गत आर्थिक वर्षको सोही अवधीमा ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ रहेकोमा हाल ३१ प्रतिशतले बढेर बढेर ९० करोड ५९ लाख ६० हजार रूपैयाँ पुगेको छ ।

अन्य सुचक बढेपनि बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५४ पैसाले घटेको छ । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा २९ रुपैयाँ ४२ पैसा रहेकोमा हाल २१ रुपैयाँ ८७ पैसामा आइपुगेको छ ।

दोस्रो त्रैमासमा बैंकले ४७ अर्ब ७३ करोड निक्षेप संकलन गरेको छ । भने ४३ अर्ब बढी कर्जा लगानि रहेको छ । बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत र १२.५१ प्रतिशतले उकालो लागेकोर चुक्ता पूजी ३ अर्ब १४ करोड जगेडा कोष १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।