
काठमाडौं । भारतमा कोरोना संक्रमणको संख्या घट्दो क्रममा छ भने नेपालमा कोरोना संक्रमणको संख्या बढ्दो क्रममा छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबारको संक्रमणदर ४५ प्रतिशत छ।
देशभर एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो।
यसअघि गत वैशाख २८ गते एकैदिन देशभर ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२४ पुगेको छ। मंगलबार ५६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १७ हजार ८७२ पीसीआर तथा ४ हजार ९५६ एन्टिजेन परीक्षण भएको छ।
