
पछिल्लो केही दिनयता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा लगानी दुवैमा आक्रामक देखिएका छन् ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक सातको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
२७ वाणिज्य बैंकहरुले पुस २३ गतेदेखि पुस ३० को अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन् ।
संघका अनुसार पुस २३ देखि ३० गतेको एक हप्ताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। सो अवधिमा ३५ अर्ब कर्जा प्रवाह भएको संघको तथ्यांक छ ।
पुस २ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ थियो । त्यस्तो निक्षेप पुस ३० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।
२८ दिनमा वाणिज्य बैंकहरुको निक्षेप ८५ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा भने ७८ अर्ब रुपैयाँले बढेको छ ।
पुस २ गते ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह पुस ३० गते ४१ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।
