काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ ।आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।
यसअघि अन्य पार्टीका नेता र कार्यकर्तालाई कोरोना संक्रमण भइसकेको छ ।
