चार वर्षपछि प्रदेश नं. २ को नाम र राजधानी टुंगो लाग्यो खुसीयालीमा सार्वजनिक विदा

४ माघ २०७८, मंगलवार १२:०२

काठमाडौं । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेको थियो ।
नाम र राजधानी तोकिएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो ।

सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको थियो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।