मन्त्री आले पनि कोरोना संक्रमित

३ माघ २०७८, सोमबार १२:२७

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना संक्रमित भएका छन्।
मन्त्री आले आइतबारमा मात्रै बतास समूहले चलाएको पशुपतिमा रहेको धर्मशालाको निरीक्षण गरेका थिए ।

मन्त्री आलेको सचिवालयले उनी कोरोना संक्रमित भएको जानकारी दिएको हो।

सचिवालयका अनुसार उनी अहिले आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह पनि गरेका छन् ।