
काठमाडौं । पोखराको फेवातालमा एक जना व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।
पोखरास्थित फेवातालमा शुक्रवार बिहान एक जना वृद्धको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।
शव कहाँबाट आयो र कसको हो, को हो भन्ने पत्ता लागेको छैन । उक्त शव पानीबाट झिकेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल अस्पताल पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ
शव कसको हो भन्ने विषयमा अहिले अनुसन्धान भईरहेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् ।
