कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर पारित

२९ पुष २०७८, बिहीबार १६:३६

कृषि विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बिहीबार भर्चुअल माध्यमबाट भएको साधारणसभाबाट बैंकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बैंकका देशभर २७९ वटा शाखा कार्यालय छन् भने करिब ३ लाख सेयरधनी छन् ।