काठमाडौं । हङकङमा एक नेपालीको मृत्यु भएको छ। तर उनको नेपाल ठेगाना थाहा हुन सकेको छैन।
हङकङस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार त्यहाँको क्विन एलिजाबेथ हस्पिटलमा गत डिसेम्बर २० का दिन अन्दाजी ५१ वर्षका सुशील गुरुङ नाम गरेका व्यक्तिको मृत्यु भएको हो।
महावाणिज्य दूतावासका अनुसार उनी शरणको खोजीमा रहेका व्यक्ति थिए। तर उनको थप विवरण उपलब्ध हुन सकेको छैन।
तसर्थ तस्बिर हेरेर आफन्त वा उनलाई चिन्ने व्यक्तिलाई फोन नम्बर २३६९७८१३ मा सम्पर्क गर्न महावाणिज्य दूतावासले आग्रह गरेको छ।
प्रकाशित | २०७८, २९ पुष बिहीबार १४:११
Leave a Reply