नेप्से २८ सय विन्दुमा थामियो, कारोबार रकम ८ अर्ब नाघ्यो

२८ पुष २०७८, बुधबार १५:५८

पछिल्ला दिनहरुमा निरन्तरजसो बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ ।

१ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँ पुगेको हो ।

साताको पहिलो र दोस्रो दिन आइतबार र सोमबार लगातार ७ अर्ब माथिको कारोबार भएको थियो भने मंगलबार करिब ७ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

बुधबार धेरै गुमाउनेको पहिलो नम्बरमा हिमालयन उर्जा विकास कम्पनी देखिएको छ । यस कम्पनीको शेयर मूल्य ३० रुपैयाँ ९० पैसाले घटेर बुधबार ४६७ रुपैयाँमा झरेको छ ।

दोस्रोमा युनियन हाइड्रोपावर र तेस्रोमा जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य धेरै भट्यो ।

युनियनको २२ रुपैयाँले घटेर ३७६ रुपैयाँमा झर्दा जोशीको १९ रुपैयाँले घटेर ३२७ रुपैयाँमा झरेको छ ।

बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य अत्यधिक बढेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य बुधबार सर्किट लेभलमा कारोबार भएको छ ।

यसबाहेक मध्ये भोटेकोशी जलविद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रो, सामलिङ पावर कम्पनी लगायतका कम्पनीहरुको पनि शेयर मूल्य बढेको छ ।