नेपाल भारत सीमा नाका ७२ घण्टाकोलागी बन्द

१९ मंसिर २०७४, मंगलवार ०६:३३

मंसिर १९ , बाँके ।
मंसिर २१ गते हुने निर्वाचनलाई मध्यजनर गर्दै  नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।

निर्वाचनको दिनसम्मको लागी जिल्लासंग जाडिएको सबै नाकाहरु बन्द गरिएको  हो । दुई मुलुकका सीमा सुरक्षा अधिकारीको बैठकमा गरिएको सहमति अनुसार यो निर्णय गरिएको हो ।  निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भारतसँग जोडिएका पूर्वदेखि पश्चिसम्मकै सीमावर्ती जिल्लामा नाका बन्द गरी सुरक्षा निगरानी बढाइएको हो । झापा, इलाम, सुनसरी, मोरङ, पर्सा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहितका जिल्लाका सीमा नाका सिल गरिएको हो ।