एनएमबी बैंकले १२.५० प्रतिशत बोनस शेयर दिने भएको छ ।
एनएमबी बैंकको हालै सम्पन्न २६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रु. १८ अर्व ३६ करोड पुग्ने छ । बैंकको २०७८ असारसम्ममा खुदनाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर नेपाल’प्राप्त गरेको छ । बैंकले हाल २०१ वटा शाखा, १३८ एटीएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
