ओमिक्रोन भेरियन्ट संक्रमितहरुको संख्या बढ्ने क्रममा

२७ पुष २०७८, मंगलवार १६:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।