अर्घाखाँचीमा जनताविहिन बन्दै एमाले युवा संघका केन्द्रिय सचिव तथा जिल्ला इन्चार्ज द्धारा एमाले परित्यागको घोषणा

२६ पुष २०७८, सोमबार १२:५५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट रास्ट्रिय युबासंघ नेपालको केन्द्रिय कमिटी सचीव तथा अर्घाखाँची जिल्लाको इन्चार्जको भुमिका मा रहि हाल सम्म निरन्तर राष्ट्रिय युवा संघ तथा पार्टीको बिकास बिस्तारमा दृढता पूर्वक लागिरहेको कुरा सम्पुर्णमा बिधितै छ राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् । अन्य पार्टी कार्यकर्ताले पनि असन्तुष्टि जनाउदै ठुलो संख्यमा पार्टी परित्यागको तयारी गर्दै छन् ।

पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग गरेको सचिव भुषालले बताएका छन् ।

युवा संघ अर्घाखाँचीका इन्चार्ज समेत रहेका भुषालले भनेका छन् ‘नेकपा (एमाले) का वडा,नगर हुँदै हालै सम्पन्न राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिबेशन सम्म आइपुग्दा यस् पार्टी भित्र चरम गुटबन्दी, ब्याक्तीगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट हामी जस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनबर्गिय सङठनहरुमा रहेको निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले आजका मिति देखी राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिब लगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा (एमाले)को साधारण सदस्य समेत नरहने गरि एमाले परित्यागको घोषणा गर्दछु ।’

नेकपा एमाले पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग गरेको सचिव भुषालले बताएका छन् ।