३० वर्षीया युवाले ७७ वर्षे महिलालाई बलत्कार, मिलापत्र गराउने ५ जना पक्राउ

२५ पुष २०७८, आईतवार १४:४४

काठमाडौं । कैलालीमा बलात्कारको घटना मिलापत्र गरिदिने वडा सदस्य र शिक्षक सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–४ का पुर्व वडा सचिव ५३ वर्षीय यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होमप्रसाद सुवेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदी रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

मिलापत्र गराउने अन्य केही फरार रहेको प्रहरीले जानकारी दिएको छ । मंसिर १५ गते सोही ठाउँकी ७७ वर्षीया एक महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर बलात्कार गरेको बुझिएको छ ।

घटना बाहिरिने डरले पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गराइएको थियो । तर ३ लाखमध्ये १ लाख नदिँदा करिब एक महिनापछि घटना बाहिर आएको हो । उक्त विषयमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी आएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।