
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा फर्निचर मेला शुरू भएको छ। २३ पुसमा उद्घाटन गरिएको मेला २५ पुससम्म चल्नेछ।
मेलामा करीब एक सय देशका ब्राण्ड र स्टल रहने बताइएको छ। जसमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब–डिलर र बिक्रेताहरू सहभागी छन्। मेलामा मेसिन, पावर टुल्स, इन्टेरियर तथा एक्सटेरियर डिजाइनिङ कम्पनी लगायतको पनि सहभागिता छ।
मेलाले नेपालमा रहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास लिइएको छ।
