पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

२१ पुष २०७८, बुधबार १३:५३

काठमाडौं । पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ । पुस १८ गतेका लागि बोलाइएको बैठक माओवादी केन्द्रले महाधिवेशनका कारण स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि डाकिएको थियो ।

पुनः एमालेको केही जिल्लामा अधिवेशन गर्न बाँकी रहेकाले केही समयका लागि बैठक स्थगित गर्न संसद् सचिवालयलाई आग्रह गरेको थियो। सोही वमोजिम बैठक स्थगित भएको जनाइएको छ।