पुष्पकमल दाहाललाई अमेरिकाको बधाई

२० पुष २०७८, मंगलवार १३:०६

काठमाडौँ । अमेरिकाले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी सभापति र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको थियो । माओवादी केन्द्रको अध्यक्षमा फेरि निर्विरोध चयन भएका पुष्पकमल दाहाललाई अमेरिकाले बधाई दिएको छ ।

सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर माओवादी केन्द्र पार्टीभित्र विरोध भइरहेका छन् ।
माओवादी केन्द्रले ऊर्जा र सडक पूर्वाधार निर्माणमा आएको ५०० मिलियन अमेरिकी डलर अनुदानलाई बिनासंशोधन अघि बढाउन हुन्न भन्दै आइरहेको छ । दाहाल सोमबार फेरि अध्यक्षमा चयन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले आफ्नो ट्विटर ह्यान्डलमार्फत बधाई दिएको हो ।

‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाललाई बधाई छ । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छ,’ ट्विटर ह्यान्डल ‘यूएसएम्बेसी–नेपाल’मा भनिएको छ ।

अमेरिकाले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी सभापति र एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि पनि यसरी नै बधाई दिएको थियो ।