एमालेले अवरोध गरेको संसदको बैठक माओवादी केन्द्रले आपत्ति

२० पुष २०७८, मंगलवार १२:४३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदको बैठक अवरोध गरेकोमा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका सांसदलाई कारबाही गर्न माग गर्दै निरन्तर संसद अबरोध गरेपछि माओवादीले त्यसमा आपत्ति जनाएको हो ।

विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन निर्माण गरी जनसेवालाई प्रभावकारी बनाउने थलो संसदको गैरलोकतान्त्रिक अवरोध अन्त्य गर्न यो महाधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई गम्भीर आग्रह गर्दछ’ हालै सम्पन्न माओवादीको आठौँ महाधिवेशनले पारित गरेको समासमायिक प्रस्तावमा भनिएको छ ।