
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ९८ दिन लामो उपचारपछि मंगलवार स्वदेश फर्कंदै छन् ।
पुनलाई पहिले थाइल्याण्डको बैंककस्थित अस्पताल र उतैबाट सीधै चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचारका लागि लगिएको थियो ।
नको स्वास्थ्यमा सुधारमा आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
वंशाणुगत रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक गएका थिए । त्यहाँ केही हप्ताको उपचारपछि उनी चीन गएका थिए ।
सोमवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुन मंगलवार स्वदेश फर्कने बताएका थिए ।
