मलामी सवार बस दुर्घटनामा सात जनाको मृत्यु

१८ पुष २०७८, आईतवार १३:५२

काठमाडौं । पाल्पा, पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

बस दुर्घटना भई ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए । घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

आज बिहान साढे १०ः३० ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसमा करिव ३५ जना मलामी सवार रहेको बताइएको छ ।बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।