
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सबै समूहका प्रतिनिधिले धारणा राखेका छन्। विभिन्न २५ समूह विभाजन गरेर राजनीतिक प्रतिवेदनमाथि छलफल गरिएको थियो। प्रत्येक समूहबाट दुईजनाले धारणा राखेका थिए।
अब उनीहरूले राखेको धारणामा अध्यक्ष प्रचण्डले जवाफ दिनेछन्। शुक्रबार १ बजे पुन: बन्दसत्र सुरु हुने जनाइएको छ। बन्दसत्रमा शुक्रबार अनुशासन आयोग, लेखा समिति र निर्वाचन आयोगको प्रतिवेदन पेस भएपछि प्रचण्डले जवाफ दिने कार्यक्रम छ।
