नेपाल लगातार दोस्रो पटक च्याम्पियन

१५ पुष २०७८, बिहीबार १४:४०

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ।

विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ। उनीहरुलाई फुलमाला अबिरले भव्य स्वागत गरिएको हो।
बुधबार मात्र बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो।

उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५–५ लाख दिने निर्णय गरेको हो। यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ।

बंगलादेशको ढाकामा मंगलबार उज्वेकिस्तानलाई ३२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो। नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।