भलिबल च्याम्पियनसिप खेलमा नेपालले माल्दिभ्समाथि जित

९ पुष २०७८, शुक्रबार १२:४१

काठमाडौं । एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि जित निकालेको छ। बंगलादेशको ढाकास्थित शाहिद सुर्हावर्दी इन्डोअर स्टेडियममा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकालेको हो।

खेलको सुरुवातबाटै हावि भएको नेपालले पहलो सेट २५–११ ले जितेको थियो भने दोस्रो सेट २५–९ र तेस्रो सेट २५–५ ले जितेको थियो।

नेपालले यसअघि पहिलो दिनको खेलमा श्रीलंकाले ३–२ को सेटमा हराएको थियो।

पुरुषतर्फ पहिलो खेलमा बंगलादेशसँग पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा आज उज्बेकिस्तानसँग साँझ पौने ६ बजे खेल्दैछ।

नेपाली महिला टोलीमा अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ रहेका छन् ।