
काठमाडौं । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ का ‘उपविजेता’ मंगलप्रसाद गुप्तालाई नेकपा एमालेले उच्च प्राथमिकतामा राखेर पार्टी प्रवेश गराएको छ। उनलाई पार्टीमा प्रवेश गराउन मंगलबार अध्यक्ष केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु कपिलवस्तु आएका थिए ।

कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सभागी हुन लुम्बिनी प्रदेशको विभिन्न जिल्लाबाट नेकपा एमालेका कार्यक्रताको उपस्थित थिए ।
नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा बहादुगञ्ज बाट नेकपा एमालेको पार्टीमा प्रवेश गर्नेहरु न्युन रहेको कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ६ बस्ने युवा नेता मेहताव खानले जानकारी दिए ।
विभिन्न अनलाइन खबरमा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेको भन्ने खबर पनि झुटो रहेको खानले बताए ।

मेहताव खान
कपिलवस्तु शिवराज नगरपालिका
