चित चोर्न नदिए पछि प्राध्यापक लाई कुटपिट

६ पुष २०७८, मंगलवार ११:४१

काठमाडौं । चिट चोर्न नदिएको भन्दै काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका प्राध्यापक प्रकाश पुडासैनीमाथि एक विद्यार्थीले कुटपिट गरेका छन् ।
पुडासैनीमाथि एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुका कार्यकर्ता कुबेर जेठाराले कुटपिट गरेको क्याम्पसका उपप्रमुख गोविन्दराज आचार्यले बताए ।

पुडासैनीले चिट नचोर्न भनी आग्रह गरेका थिए । आग्रहपछि जेठाराले आक्रमण गरेका हुन् ।