
काठमाडौं । महोत्तरी जलेश्वर–३ भिट्ठामोडका रामनरेश यादव । चोक–चोकमा फ्याँकिएका फलामका टुक्रा, सिसा तथा कवाडी सामानहरू बटुलेर यादवको दैनिक बितिरहेको छ।
सौखिनहरूले पिएर फ्याकेका बियरका बोतल तथा सिसाहरू टिप्दा मान्छेले मान्छे गन्दैनन्, फलामका टुक्राहरू सहरका गल्लीगल्ली र गाउँका कुनाकुनामा खोज्दा कतिले मानसिक रोगी भन्छन् उनलाई । तर, कामको मुल्यांकन गर्ने समाजको हैसियतलाई गहन मुल्यांकन गरेर नै आफूलाई बेमतलवी ढंगबाट व्यतित् गरिरहेको उनी बताउँछन् ।
रामनरेशले दिनभरी कवाडी संकलन गरेर मासिक ५० हजार रुपैयाँसम्म कमाउछन् । तर, त्यही ५० हजार कमाउन दैनिक १५ सय युवाहरूको विमानस्थलमा लर्को छ । यो लर्कोलाई पनि समाजले हुर्काउँदै आएको गलत संस्कारले मलजल गरिरहेको छ ।
यादव भन्छन्, ‘पेसालाई दया, सहानुभूति र तिरस्कारले हेर्ने सोचलाई परिवर्तन गरी सम्मानित पेसाको रुपमा स्थापित गराउने हो भने वैदेशिक रोजगारको नाममा मरूभूमिको तातो घाममा पिल्सनु पर्ने बाध्यतावाट धेरै युवाले मुक्ति पाउने थिए
