थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

२ पुष २०७८, शुक्रबार १७:४८

 

काठमाडौं । नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका थारूतर्फको सहमहामन्त्रीमा भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पाएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् । उनी वर्तमान खानेपानी मन्त्री हुन् ।