देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता

२ पुष २०७८, शुक्रबार १५:०७

 

काठमाडौं । नेपाली काँग्रेस मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता लिएका छन्।
काँग्रेस पार्टी कार्यालय सानेपामा मुस्लिमतर्फको सहमहामन्त्रीको १२५८ मतगणना हुँदा देउवा प्यानलका मन्सुरले ७२३ मत पाएका छन् भने शेखर कोइराला समूहका शेख वकिलले ५२९ मत ल्याएका छन्।