हुम्ला जिल्लामा अन्र्तजातीय विवाहको कारण बेपत्ता पारियो

२ पुष २०७८, शुक्रबार १४:२२

 

काठमाडौं । मुगु हुम्ला जिल्ला सर्केगाड गापा १ मा बस्ने धन्जय कामीको छोरा चन्द्रे कामी वर्ष १९ र सोरु गा.पा वडा नम्बर ४ लिब्रुमा बस्ने वीर बहादुर मल्लकी छोरी वर्ष १८ कि रमिला मल्ल बोलाउने नाम सुन्तली मल्लको विगत तिन वर्ष देखि प्रेम सम्बन्ध रहेका थिए ।

उनीहरुले मङ्सिर ५ गतेका दिन २ जनाको सहमतिमा विवाहको लागि भागेका र गाउँ भन्दा बाहिर बसी २४ गते आफै घरमा फर्केर आएका थिए। गत मङ्सिर २९ गतेका दिन माइती पक्षले तल्लो जाति भएकोले सहन नसक्ने भन्दै राति १२ बजे १५्२० जनाको टोली गएर केटा पक्षका सम्पूर्ण आफन्तको घरमा ताला लगाइ केटा केटी दुवै जनालाई अ’पहरण शैलीमा लिएर गए देखि अहिलेसम्म केटालाई सम्पर्क विहीन बनाएका छन् ।

एक महिना अगाडि जातकै कारण परिवारले स्वीकार नगरे पछि उनीहरू भाग्दै हिँडेका थिए । रमिला मल्लले आफ्नो गर्भमा चन्द्रेको बच्चा दुई महिनाको भइसक्यो अब मलाई भगाएर बिहे गर भनेर जबरजस्ती गरे पछि चन्द्रेले केटी भगाएको केटाको परिवारले बताएका छन् ।

केटाकेटीलाई अ’पहरण गरे पनि केटीलाई भने आफ्नो परिवारले बुझेको स्थानीय गगन लोहार बत्ताउँछन् । केटी आफ्नै घर परिवारको सम्पर्कमा छ तर केटालाई मात्र सम्पर्क विहीन बनाए ।

कुनै अप्रिय घटना नहोस् भनी मैले जिल्ला प्रहरी कार्यालय डिएसपीलाई जानकारी गराए खै अहिलेसम्म केही अत्तोपत्तो लागेन उनी भन्न्छन योजना बनाउने र अ’पहरण गर्न जाने २,४ जनाको नाम डिएसपीलाई दिँदा पनि प’क्राउ गरेन ।

डिएसपीले भने घटनाको बारेमा कुनै पक्षबाट पनि आधिकारिक निवेदन आएको छैन , केटाको आफन्तले जानकारी दिए पछि इन्स्पेक्टरको कमान्डमा टोली हिजो नै गएको हो तर हिउँ परेर , यातायातको सुविधा र सञ्चारको असुविधाले गर्दा सम्पर्क गर्न कठिन भएको छ । भोलि सम्म टोली गाउँ पुग्ने र खोज कार्य भइरहेको बताए ।