
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् । अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन मार्फत बधाई दिएको उनको सचिवालयले जनाएको छ ।
