टिपरको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु

२९ मंसिर २०७८, बुधबार १२:०६

 

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दरिमटारमा बुधबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिमेकी चितवन जिल्ला रत्ननगर निवासी ४० वर्षीय गुणराज आचार्य रहेको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३(००१ ख १८४९ नम्बरको टिपरले आज बिहान साढे ६ बजेतिर (ना ४९ प ८२५२) को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यसैबीच मोटरसाइकलको ठक्करबाट बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।