
काठमाडौं । मालारानी गाउँपालिकामा विशाल र सुविधा सम्पन्न प्रशासकिय भवन निर्माण भएको छ । करिब साढे तिन करोड रुपैयामा सुविधा सम्पन्न भवन निर्माण गरिएको पालिकाले बताएको छ ।
मंगलवार एक कार्यक्रमका बिच प्रदेशसभा सांसद तथा पुर्व प्रदेश मन्त्री चेतनारायण आचार्यले उक्त भवनको उद्घाटन गरेका हुन् । प्रशासकीय भवन उद्घाटन गर्दै सांसद आचार्यले मालारानी गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा फड्को मारेको पनि बताए ।
उनले संघीयताले सिंहदरवारको अधिकारलाई गाउँ तहसम्म ल्याएको अनुभुति दिलाएर काम गर्नुपर्ने बताएका छन् । आगामी दिनमा प्रदेश सरकारबाट खानेपानी, सडक, कृषि, विभिन्न विकास निर्माणका लागि बजेट भित्राउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यो भवन खनदह बजार नजिकै निर्माण भएको प्रशासकिय भवन ३ करोड ४५ लाख ७८ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो । भवनको जयमाता इन्जिनियरिङ्ग कन्स्ट्रक्सन लिमिटेड र खाँची निर्माण सेवा काठमाण्डौले निर्माण गर्ने जिम्मा लिएको थियो ।
