
काठमाडौं । शेरबहादुर देउवालाई समर्थन गरेका सभापतिका उम्मेदवारद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि मंगलबार राष्ट्रिय सभागृह पुगेर उनका लागि मत मागि रहेका छन्।
पहिलो चरणको निर्वाचन परिणाम आएपछि मंगलबार बिहानै आफूलाई समर्थन गर्न देउवाले दुवै सभापतिका उम्मेदवारलाई आग्रह गरेका थिए। लगत्तै उनीहरूले पनि सार्वजनिक रूपमा आफूहरूले देउवालाई नै सभापतिमा समर्थन गर्ने बताएका थिए।
पहिलो चरणमा देउवाले ४८.२६ प्रतिशत मत ल्याएका थिए भने सिंहले ७.९३ र निधिले ५.३४ प्रतिशत मत पाएका थिए।सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा मतदानस्थलमा सभापतिका उम्मेदवार त्रय सँगै उभिएर देउवालाई भोट मागिरहेका छन्।
