
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि बुहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने भएको छ।
नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार आज दिउँसो साढे ३ बजेदेखि बेलुका ७ः३० बजेसम्म मतदान हुने जानकारी गराइएको छ।
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यको पदका लागि हिजो भएको निर्वाचन अन्तर्गत, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम गठन हुने केन्द्रीय कार्यसमितिको सभापति पदका लागि भएको निर्वाचनमा जम्मा ४६७९ मत खसेको मत मध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
सभापति पदका उम्मेदवारहरु क्रमशः कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० , डा. शेखर प्रसाद कोइरालाले १७०२ र शेर बहादुर देउवाले २२५८ मत पाएका थिए ।

