सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा शेरबहादुर देउवाले अग्रता कायमै

२८ मंसिर २०७८, मंगलवार ०८:३७

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा शेरबहादुर देउवाले अग्रता कायमै गरेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा ३७७९ मतगणना हुँदा देउवाले १७९८ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी शेखर कोइरालाले १४१३ मत ल्याएका छन्। ।

सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधी, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धी हुन्।