प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन

२७ मंसिर २०७८, सोमबार १७:२५

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय संसदका दुवै सदनका लागि प्रमुख सचेतक चयन भएको छ ।

मंसिर २६ गते आइतवार बसेको बैठकबाट प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका छन् । यस्तै राष्ट्रियसभामा शेर बहादुर कुवर चयन भएका छन् ।

जीवनराम श्रेष्ठ पार्टीका सचिव समेत हुन् । आइतवार पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।