नेपाली कांग्रेसको महाधिवेशनमा भयो पत्रकारहरूको क्यामेरा डाउन

२७ मंसिर २०७८, सोमबार १६:५९

 

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको मतदान स्थलमा पत्रकारमाथि प्रहरीले हातपात गरेको छ । पत्रकारमाथि प्रहरीले हातपात गरेपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन्।

महाधिवेशनको समाचार संकलन र फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए।

जसको विरोमा पत्रकारहरूले राष्ट्रियसभा गृहको प्रवेशद्वार नजिकै भुइँमा क्यामरा राखेर विरोध जनाएका छन्। कांग्रेसको विज्ञप्ति नआएसम्म क्यामरा डाउन हुने पत्रकारहरूले बताएका छन्।