अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जाल मार्फत डा.बाबुराम भट्टराइले शुभकामना दिए

२६ मंसिर २०७८, आईतवार १४:३७

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जन्मदिनको अवसरमा नेकपाका नेता कार्यकर्ता र अन्य दलका नेताले बधाइ तथा जन्मदिनको शुभकामना दिएका छन् ।

अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जाल मार्फत नेकपाका नेता एवम् युद्धकालीन सहकर्मीहरु, परिवारजन, आफन्तजनले जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रचण्ड आजबाट ६६ वर्षमा प्रवेश गरेका छन् । त्यस्तै समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका र प्रचण्डसँग लामो सहकार्य गरेका डा.बाबुराम भट्टराइले ‘प्रचण्ड’को तस्वीर हिजो साँझ राख्दै सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका छन् ।

भट्टराईले जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राखेका छन् । ‘जनयुद्धकालमा गाउँले जनतासँग प्रचण्ड र म’ स्टाटस लेख्दै उनले फेसबुकमा जनयुद्धकालीन तस्बिर सेयर गरेका हुन् ।